शनिबार , जेठ २७, २०८०

कुवेतमा काम गर्दागर्दै अचानक ढलेका एक नेपाली कार्यस्थलमै अस्ताए !

पुष २८, २०७९ बिहिबार 281

कुवेत कुवेतमा एक नेपालीको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार (अक्टोबर ३ तारिख) कार्यस्थलमै मृत्यु भएको हो।

कुवैतको के आरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे कार्यस्थलमै मृत्यु भएको मृतकका भान्जा गोविन्द सुनामले जानकारी दिए कोठाबाट स कुशल काम गर्न कार्यस्थल निस्केका परिवार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए । त्यसलगत्तै उनको मृत्यु भएको सहकर्मीहरुले बताए ।

सुनामका अनुसार उनी रक्तचापबाट पिडित थिए। उनको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ। मृतकको शव आवश्यक कानूनी प्रक्रिया पुरा गरेर बुधबार (आज) बेलुका कतार एयरलाइन्स मार्फत नेपाल पठाइने कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिए उनका अनुसार मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

यो पनि ओखलढुगाको सोलुमा आगलागी हुँदा एक घर जलेर नष्ट, १५ लाख बराबरको क्षति ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका- ११ सोनुस्थित एक घरमा जागलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ आज (बुधबार) दिउँसो स्थानीय प्रकाश राईको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो

निज राइको घरमा डेरा गरी बस्ने शंकरराज राईको ४ लाख नगद र ३ तोला सुनसमेत आगोलागीमा परेको भनि बिगोसमेत आँकलन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । उनका अनुसार घर, नगद, सुन र अन्य जिन्सी सामान समेत गरी १५ लाख बराबरको क्षति भएको हो।

घरमा अचानक आगलागी भएको जानकारी पाएपछि स्थानीयसँग प्रहरी, नेपाली सेना र सिद्धिचरण नगरपालिकाको दमकलसमेत परिचालन गरिएको थियो। केहि समयको प्रयासपछि आगो नियन्त्रणमा आएकाले आसपासका अन्य घरमा भने क्षति हुन नपाएको बताइएको छ। यद्यपी आगलागीको कारण भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्