बिहिबार , जेठ २५, २०८०

पब्जी खेलेर औंला दुखाउनु भन्दा टिकटक बनाउनुलाई क्रियटिभ भनेका आँचलले नै दिए पब्जीमा उपविजेता बनेका नेपाली टिमलाई बधाई

पुष २७, २०७९ बुधबार 331

नायिका आँचल शर्माले पब्जीमा दोश्रो स्थान हासिल गरेको नेपाली टिमलाई बधाई दिएकी छिन् ।

कुनै समय केटाहरुले पब्जी खेलेर कुनै क्रियटिभ काम नगरेको, औंला चलाउनु त हो नी भन्दै मजाक बनाएको कुरालाई सरक्क बिर्सेर अहिले पब्जीमा कमाल गरेको नेपाली टिमलाई बधाई दिँदै लेखेकी छिन् बधाई छ, तिमीहरुले हामी सबैलाई खुशी तुल्यायौ भनेर फेसबुकमा लेखेकी छिन् ।

उनै सुन्दरी आँचलले केही समय अगाडि आँचलले टिकटक बनाउनुलाई क्रियटिभ देखेकी थिइन् । यतिसम्म कि, उनले केटाहरुले पब्जी खेलेर कुनै क्रियटिभ काम नगरेको, औंला चलाउनु त हो नी भन्दै मजाक बनाएपछि उनी ट्रोलको शिकार बनेकी थिइन् ।

पब्जीको विश्व च्याम्पियन खेलमा नेपालको डीएसआर टिमले दोश्रो स्थान हासिल गरेसँगै अहिले सबैतिरबाट बधाई र शुभकामना आइरहेको छ ।

प्रतिकृया दिनुहोस्