सोमबार , चैत्र १३, २०७९

यीनै हुन् भारतबाट नेपाल आउँदै गरेकी नेपालि चेली जो बस दुर्घटनामा बाटोमै आस्ताईन् !

पुष २७, २०७९ बुधबार 578

काठमाण्डौ भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो ।

टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिनुभयो । घटनापछि उनीहरुको आफन्तहरु भारत गएका पनि उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ। दुर्घटनामा सात जना नेपाली घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो

शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उनाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो दुर्घटनामा करिब ६२ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ। बसमा नेपालीसँगै केही भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्