बुधबार , जेठ १७, २०८०

करिश्मा भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’

मंग्सिर ९, २०७९ शुक्रबार 187

करिश्मा भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’
नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। ‘

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, ‘मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।’

चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।
( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )
केही ठाउँमा घाउ पारे पनि समग्रमा 1 नम्बर पार्टी नेकपा एमाले नै हो ।
मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन ।
सम्पूर्ण कम्रेडहरुलाई शुभकामना

प्रतिकृया दिनुहोस्