आइतबार , जेठ १४, २०८०

फुटबल र बन्दुक दुवैसँग खेल्न सिपालु “नेपाली महिला फुटबलर सावित्रा भण्डारी :-साम्बा”

पुष २२, २०७९ शुक्रबार 407

श्चिम लमजुङमा जन्मिएकी नेपाली महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’फुटबल खेल्नका लागि काठमाडौँ आएकी थिइन् । त्यतिबेलासम्म उनको नाम सावित्रा थियो, पछि साम्बा भनेर उनका सिनियरहरूले प्रशिक्षणका दौरान राखिदिए । यो नामलाई अहिले खेलप्रेमीले स्टारका रूपमा चिन्छन् ।

सानोमा सावित्रा फुटबलमा मात्र नभएर अन्य खेलमा समेत अब्बल थिइन् । राष्ट्रपति रनिङ शिल्डमा उनले भलिबल, एथ्लेटिक्स र सटपुटमा समेत खेलेकी थिइन् । एथ्लेटिक्सको सय मिटरमा उनले गोल्ड जितिन् । सटपुटमा तेस्रो भइन् । भलिबलमा रजत पदक हात पारिन् । उनको प्रदर्शन देखेर एन्फा रेफ्री शुक्र लामाले सावित्रालाई राष्ट्रिय टोलीमा समावेश गराएका थिए ।

त्यसयता २४ वर्षीया सावित्राले राष्ट्रका लागि महत्त्वपूर्ण योदान दिएकी छन् । राष्ट्रिय टोलीका लागि सर्वाधिक धेरै गोल गरेकी उनले आफू आवद्ध क्लबका लागि पनि सबैधन्दा धेरै गोल गरेकी छन् । व्यक्तिगत रूपमा थुप्रै पुरस्कार तथा सम्मान हात पारेकी छन् ।

उनको गोल गर्ने गति र उनको स्टाइलले धेरै खेलाडी प्रभावित भएका छन । नेपालका लागि अन्तराष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी सावित्राले अहिलेसम्म ३४ खेलमा ३८ गोल गरेकी छिन् ।

नेपालमा सावित्रा सशस्त्र प्रहरी बल एपिएफका लागि व्यावसायिक फुटबल खेल्छिन् । त्यसबाहेक उनी भारतीय महिला लिगमा गोकुलम केरला एफसीबाट खेल्छिन् । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् । नेपालमा मात्र होइन, उनी दक्षिण एसियामै उत्कृष्ट महिला स्ट्राइकर मानिन्छन् ।

साम्बाले सन् २०१४ मा साफ महिला फुटबल च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट डेब्यु गरेकी थिइन् । सो खेलमा उनी १७ वर्षकी थिइन् । उनको डेब्यु खेलमा नेपाल ८–० गोलले विजयी भएको थियो । उनले ८६औँ मिनेटमा मैदानमा प्रवेश गरेको दुई मिनेटमा नै गोल गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्