बिहीबार राती पाल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको निधन भएको छ भने १८ जना घाइते भएका छन् ।
हिजो राति १०:१५ बजे रैनादेवी छहरा गाउपालिका-८ टाडी स्थित सालझण्डी ढोरपाटन सडक खण्डमा सालझण्डीबाट खुर्साने तर्फ आउदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर पाल्पाको रैनादेबीछहरा गाउपालिका-८ बस्ने बर्ष ३६ कि निर्मला घिमिरे उनकी ११ वर्षीया छोरी सरुमाया घिमिरे, सोही स्थानमा बस्ने वर्ष ५४ कि खिम कुमारी राना, ४० वर्षीया गुना कुमारी गाहा, २१ वर्षीया दान कुमारी खत्री र १९ वर्षीया बिमा पाण्डेको निधन भएको पाल्ला प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
थापाका अनुसार घाइतेमध्ये ६ जनाको एड मन सि.टी.हस्पिटल जिटगढी बुटवलमा उपचार भईरहेको छ भने बाँकी १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको बारेमा थप अनुसन्धान गरिरहेको थापाले बताए ।
प्रतिकृया दिनुहोस्