काठमाडौँ,
१७ वर्षीय जाबिर अन्सारीको फागुन २ गते बिहान दु’ र्घना हुँदा (स्पा’ ईनल कर्ड) मेरुदण्ड भाँचिएको थियो ।सुनसरीको भुटाहा मदरसामा कक्षा ७ मा अध्ययनरत छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले दैनिक ज्यालादारीसमेत गर्ने उनी स्थानीय आशिष
अन्सारीको घर निर्माणमा इँटा जोड्ने काम गर्दथे । फागुन २ गते ज्यालादारीको रकम माग गर्दै उनी आशिषको घर पुगेका थिए ।तर आशिषले आफूसँग साथमा पैसा नभएको र पैसा लिन जानुपर्ने भएकाले बाइकमा तेल हालेर ल्याउन जाबिरलाई अह्राएका थिए ।
भीमपुरस्थित पेट्रोल पम्पमा तेल हाल्न जाँदै गर्दा उनी दु’ र्घटनामा परे । उनले कुदाएको बाइक अनियन्त्रित भई उखु बोकेको ट्रयाक्टरमा ठोक्किको थियो । त्यसपछि उनलाई उपचारका लागि एम्बुलेन्समार्फत विराटनगरस्थित गोल्डेन हस्पिटल ल्याइएको थियो ।त्यहाँ उनलाई २ महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरियो ।
करिब १२ दिनअघि मात्रै उनलाई अस्पतालको जेनेरल वार्डमा सारिएको थियो ।अस्पतालले उनलाई मृ’ त्युको मुखबाट त फर्कायो । तर जाबिरको उपचारका क्रममा परिवार भने सुकुम्बासी नै भए । जलिल मियाँले छोरा जाबिरको उपचारमा आफ्नो ६ कठ्ठा जग्गा बेचिसके अनि त्यसबाहेक अरू ऋणसमेत लिईसके ।
अब उनको अहिले घर मात्र बचेको छ । तर पनि उपचार खर्च तिरिसकिएको छैन ।जलिलले आफ्नो ६ कठ्ठा जग्गा बेचेर नै अस्पताललाई १९ लाख रुपैयाँ बुझाए । सम्पत्तिको नाममा उनीसँग घर र त्यसले ओगटेको जमिन मात्र बाँकी छ । अब अस्पताललाई एक लाख ७० हजार रुपैयाँ अझै तिर्न बाँकी छ ।
प्रतिकृया दिनुहोस्