काठमाडाैँ। नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविदको परामर्श सुरु गरिएको छ। योहो टेलिभिजनको कार्यक्रम समयचक्रको प्रसारण भएको आत्मह’त्याको प्रयास बारे भिडियो हेर्नुहोस ।
बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।
सन्दीपलाई वरिष्ठ मनोविद शुष्मा रेग्मीले सुन्धारास्थित केन्द्रिय कारागारमा नै गएर आवश्यक परामर्श दिएकी थिइन्। सुन्धारास्थित केन्द्रीय कारागारमा अन्य कैदीबन्दीसँगै सन्दीप पनि रहेका छन्।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘मानसिक रूपमा अलि डिप्रेस देखिएकाले उनलाई सोमबारबाट मानसिक परामर्शमा राखेका हौँ।’ रेग्मीले पनि उनको अवस्था सामान्य नपाएको बताएको घिमिरेले जानकरी दिए।
उनलाई आवश्यक परामर्श समय मिलाएर २,३ दिनमा दिइने जानकारी घिमिरेले दिए। सन्दीपकका वकिल सरोजकृष्ण घिमिरेले भने ‘अन्य जघन्य अपराधमा संलग्न कैदीबन्दीहरूसँगै सन्दीप पनि रहेको छ।
उनीहरूको संगत र अनावश्यक कुराहरूले सन्दीप मानसिक रूपमा नै थकित देखिएको छ। त्यसैले उसलाई मानसिक रूपमा कमजोर हुन नदिन प्रयास गर्न लागेका हौँ।’
प्रतिकृया दिनुहोस्