काठमाडौँ,
थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा निराकार पाण्डेको दुःखद निधन भएको छ । क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो । होटलको सातौं तलाबाट आगलागी सुरु भएको थियो।
आगो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृ’ त्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए। पाण्डेले अब आफू मृ’ त्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए।
को’ रोना संक्रमणका कारण पाण्डेलाई श्वासप्रश्वासको समस्या थियो। उनले आगो दन्किरहेको र धुवाँको मुस्लो आइरहेकाले समस्या हुने बताइरहेका थिए। होटलमा आगो लागिरहँदा १२औं तलामा रहेका पाण्डेले मध्यराति १२ बजेदेखि बिहान ४ बजेर २६ मिनेटसम्म लगातार परिवार र आफन्तसँग भाइबरमा कुराकानी गर्न भ्याए।
आफन्त, साथीभाइ र कतिपय सञ्चारमाध्यमलाई भाइवर र ह्वाट्सअपमा सम्पर्क गरी पाण्डेले आफू संकटमा फसेको र बाँच्न सक्ने अवस्था नरहेको बताएका थिए। ‘उसले आगो नियन्त्रण नभए हा’ म्फाल्नुको विकल्प नभएको बताइरहेको थियो। मैले त धेरैबेर कुरा गर्न पनि सकिनँ’, मृ’ तकका बाबु अग्निप्रसाद पाण्डेले भने, ‘यस्तो पीडादायी अवस्था कसैले सोच्नु र सामना गर्नु पनि नपरोस्।’
यस्तो छ निराकार पाण्डेको हृदयविदारक भ्वाइस मेसेज — उनले आफ्नो उद्धारको अनुनय गर्दै मृत्यु भएमा शव नेपाल पठाइदिन आग्रह गरेक छन् । उनले एउटा भ्वाइस मेसेजमा भनेका छन्, ‘मेरो नाम निराकार पाण्डे हो । झापा जिल्लाको बिर्तामोड १ मा मेरो घर छ । मेरो बुबाको नाम अग्निप्रसाद पाण्डे हो । मेरो मिसेसको नाम शशीकला लोहनी हो । पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलमा छु ।
मेरो रुम नम्बर १२२७ हो दाइ, यहाँ भीषण आगलागी भयो । मैले तपाईँको नम्बर मेरो सिसेसलाई पनि दिएको छु । उसले सायद भोलि तपाईँलाई सम्पर्क गर्छ होला । दाइ, बाँचे भने सम्पर्क गर्छु, मर्यो भने मेरो लाश ल्याउनका लागि, नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ । होटल पोइपेट बोर्डरसँगै छ। यो थाइल्याण्डको बोर्डरसँगै छ ।’
१३ सेकेन्डको अर्को एउटा भ्वाइस मेसेज पनि उनले पठाएका छन् । त्यसमा भनेका छन्, ‘पोइपेटको होटल ग्राण्ड डायमण्ड होटलमा भीषण आगलागी भएको छ है दाइ । मेरो लाश नेपाल पठाउनका लागि पहल गर्दिनु होला है दाइ ।’ जुन अडियो क्लिप छाडेर पाण्डे कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् । उक्त तिन भ्वाइस मेसेजको कुरा रातोपाटिमा उल्लेख छ ।
उद्धार टोली पर्खिंदा — पर्खिँदै होटल ध्वस्त भएको छ। निरजका अनुसार उक्त होटलमा सन् २०१९ मा पनि आगो लागेको थियो। कम्बोडियाका सञ्चारमाध्यमले झोला भिरेर होटलको झ्यालमा टर्चलाइट र मोबाइल बोकेर बसेको निराकारको फोटो छापेका छन्। उनले भिडियोमा कुरा गरिरहँदा कोठाभित्र धुवाँ छिरेको देख्न सकिन्छ।
पाण्डेको मृ’ त्युपछि झापाको बिर्तामोड–१ अतिथि सदनरोडस्थित घरमा छरछिमेकी र आफन्तको भीड लागेको छ। भाइ निश्चललाई भेटेर शुभचिन्तकले सान्त्वना दिइरहेका छन्। ‘मृ’ त्युको मुखमा पुगेको अवस्थामा कमजोर मुटु भएकाले कसैसँग कुरा गर्न सक्दैन्’, छिमेकी हिमा सिटौलाले भनिन्, ‘निराकार भाइ साँच्चिकै आँटिला र साहसी रहेछन्।’
प्रतिकृया दिनुहोस्