थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा निराकार पाण्डेको दुःखद निधन भएको छ क्यासिनोका १२ जी बलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो । होटलको सातौं तलाबाट जागलागी सुरु भएको थियो
आगो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृत्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए। पाण्डेले अब आफू मन्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए।
को’ रोना संक्रमणका कारण पाण्डेलाई श्वासप्रश्वासको समस्या थियो। उनले आगो दन्किरहेको र धुवाँको मुस्लो आइरहेकाले समस्या हुने बताइरहेका थिए। होटलमा आगो लागिरहँदा १२ औं तलामा रहेका पाण्डेले मध्यराति १२ बजेदेखि बिहान ४ बजेर २६ मिनेटसम्म लगातार परिवार र आफन्तसँग भाइवरमा कुराकानी गर्न ध्याए।
आफन्त, साथीभाइ र कतिपय सञ्चारमाध्यमलाई भाइवर र हाट्सअपमा सम्पर्क गरी पाण्डेले आफू सकटमा फसेको र बाँच्न सक्ने अवस्था नरहेको बताएका थिए। उसले आगो नियन्त्रण नभए हाम्फाल्नुको विकल्प नभएको बताइरहेको थियो। मैले त धेरैबेर कुरा गर्न पनि सकिने, मृ’ तकका बाबु अग्निप्रसाद पाण्डेले भने, ‘यस्तो पीडादायी अवस्था कसैले सोच्नु र सामना गर्नु पनि नपरोस्।’
यस्तो छ निराकार पाण्डेको हृदयविदारक भ्वाइस मैसेज उनले आफ्नो उद्धारको अनुनय गर्दै मृत्यु भएमा शव नेपाल पठाइदिन आग्रह गरेक छन्। उनले एउटा वाइस मेसेजमा भनेका छन्, ‘मेरो नाम निराकार पाण्डे हो। झापा जिल्लाको बिर्तामोड मा मेरो घर छ मेरो बुबाको नाम अग्निप्रसाद पाण्डे हो । मेरो मिसेसको नाम शशीकला लोहनी हो। पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलमा छु
मेरो रूम नम्बर २२२७ हो दाइ यहाँ भीषण आगलागी भयो। मैले तपाईंको नम्बर मेरो सिसेसलाई पनि दिएको छु । उसले सायद भोलि तपाइँलाई सम्पर्क गर्छ होला । दाइ, बाँचे भने सम्पर्क गर्छु गर्यो भने मेरो लाश ल्याउनका लागि, नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ होटल पॉइपेट बोर्डरसँगै छ यो थाइल्याण्डको बोर्डरसँगै छ
१३ सेकेन्डको अर्को एउटा भ्वाइस मैसेज पनि उनले पठाएका छन् । त्यसमा भनेका छन्, ‘पोइपेटको होटल ग्राण्ड डायमण्ड होटलमा भीषण आगलागी भएको छ है।
दाइ मेरो लाश नेपाल पठाउनका लागि पहल गर्दिनु होला है दाइ जुन अडियो क्लिप छाडेर पाण्डे कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् । उक्त तिन वाइस मेसेजको कुरा रातोपाटिमा उल्लेख छ।
उद्धार टोली पखिँदा पखिँदै होटल ध्वस्त भएको छ। निरजका अनुसार उक्त होटलमा सन् २०१२ मा पनि आगो लागेको थियो । कम्बोडियाका सञ्चारमाध्यमले झोला भिरेर होटलको झ्यालमा टर्चलाइट र मोबाइल बोकेर बसेको निराकारको फोटो छापेका छन्। उनले भिडियोमा कुरा गरिरहँदा कोठाभित्र धुवाँ छिरेको देख्न सकिन्छ।
प्रतिकृया दिनुहोस्