शनिबार , जेठ २७, २०८०

आशा मारिसकेका पाण्डेले १२ तले भबनबाट सम्हालिदै बोलेको यो अन्तिम शब्दले सबैलाई रुवायो !

पुष १६, २०७९ शनिबार 731

काठमाडौं । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ । उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ । सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले आगलागीम फसेपछि भाग्ने कतै बाटो नभेटेपछि अन्तिम समयमा १२ तल्लाबाट हामफालेका हुन् । तर, उले हामफाल्नु अघि भाइवरमा एक भिडियो सन्देश छाडेका छन् । उक्त भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । उक्त भिडियोमा आफ्ना बाबु, श्रीमतीेलगायत आफ्ना आफन्तलाई सम्बोधन गरेका छन् ।

होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हा’ म फालेका थिए। होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए।

उनले बोलेको भिडियो कुराकानीमा ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन् ,’सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ यु। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु। आर्मन इज द वेस्ट है सानु।’

उनले भने, ‘अब सुन है, मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठुलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।’ ‘कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु।

माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले। उहाँहरूले धेरै गर्नुभएको छ, माइजूहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठुलो मान्छे बन्नू। ज्ञानी हुनू’, उनले भने, ‘ अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु

उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।’ उनले आफ्नो छोरोलाई परिवारजनका अन्य सदस्य र आफन्तलाई माया र इज्जत गर्न भनेका छन्। उनले कसैलाई फ्रड नगर्नु, ज्ञानी बन्नु भनेर छोरालाई दिएको त्यो उपदेश नै अन्तिम कल भएको पारिवारिक स्रोतले जनाएको छ। भिडियो सन्देश छाड्ने निराकारका बाबु बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्