आइतबार , जेठ २१, २०८०

अस्पताल भर्ना भएको ठिक १ महिनामा महान फुटबलर पेलेको निधन

पुष १५, २०७९ शुक्रबार 298

अस्पताल भर्ना भएको ठिक १ महिनामा महान फुटबलर पेलेको निधन
ब्राजिलियन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलो स्थित अल्बर्ट आइन्स्टाइन अस्तपालमा बिहीबार राति(नेपाली समयअनुसार) पेलेको निधन भएको अन्तराष्ट्रिय मिडियाहरूले खबर दिएका छन्।

छोरी केली नासिमेन्तोले पनि ५ घण्ट अगाडि इनिस्टाग्राम पेलेको मृत्यु भएको पुष्टि गर्दै पोस्ट गरेकी छिन्। श्रदाञ्जली दिँदै उनले लेखेकी छिन् ‘हामी जे छौँ तपाईकै कारण छौँ । हामी तपाईलाई असीम माया गर्छौँ।’

अस्पताल भर्ना भए देखिनै केलीले पेलेको स्वास्थ्य अवस्थाबारे अपडेट गर्दै आएकी थिइन्।

लामो समयदेखि पेटको क्यान्सरसँग जुधिरहेका पेलेलाई पछिल्लो समय मिर्गौला र प्रोटेस्टको समेत समस्या देखिएको थियो । पेटमा ट्युमर देर्खिपछि गतसाल यसै अस्पतालमा शल्यक्रिया गरिएको थियो।

२९ नोभेम्बरमा पेलेलाई अस्पताल भर्ना गरिएको थियो । ठिक एक महिनापछि पेलेले संसार छाडेका हुन् ।

पेलेको वास्तविक नाम एड्सन अरान्तेज डो नासिमेन्तो हो । तर उनी पेलेकै नामले प्रसिद्ध रहे । पेले तीन पटक विश्वक कप जित्ने एक मात्रै फुटबलर हुन् । १९५८, १९६२ र १९७० मा ब्राजिलले फिफा विश्वकप उपाधि जित्दा पेले टिमका सदस्य थिए ।

आफ्नो २१ वर्षको फुटबल करिअरमा पेलेले ९२ खेल खेलेर ७७ गोल गरे । कुल १३६३ खेल खेल्दा पेलेले १२८१ गोल गरेका छन् ।

सन २००० मा पेलेलाई फिफाको शताब्दी खेलाडीको नाम दिइएको थियो ।

प्रतिकृया दिनुहोस्