अभिनेता सलोन बस्नेत अभिनयका कारण जसरी चर्चामा रहन्छन्। तर पछिल्लो समय भने विवाहको कारण सलोन र करिस्मा ने चर्चामा आए । अहिले यी नयाँ चर्चित जोडी अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएको यहि शनिवार हो नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो
कसेका हुन् उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भएको थियो विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए। सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन्
यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन्। पेशाले एयर होस्टेस भए पनि करिश्माले विभिन्न व्यवसायमा समेत हात हालेकी छन् । उनले अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालासँग मिलेर दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट चलाउँदै आइरहेकी छन् यतिबेला उनी श्रीमतीसँग टिकटक मा रमाईरहेका छन्।भिडियो
प्रतिकृया दिनुहोस्