द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता बनेका कारण राईले गीत-संगीत क्षेत्रमा थप सक्रिय रुपमा लाग्ने बताएका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा विजेता घोषित भएपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली गीत-संगीतलाई आफ्नो तर्फबाट टेवा दिने कोसिस गर्ने बताएका हुन् । नेपालमा जन्मिएका गायक राई बाध्यतावश आफू अमेरिका पुगेको बताउँछन्
‘नेपालमा मेरो जन्म भयो । तर बाध्यतावश अमेरिका गए। नागरिकको हिसाबले म अमेरिकन नागरिक भएपनि मनको हिसाबले मेरो देश नेपाल हो उनले भनेका
छन् किनभने मेरो आमा, मेरो माटो बोल्ने भाषा सबै नेपाली हो। अब त झन गीतसंगीतमा सक्रिय हिसाबले लाग्नु र नेपाली गीत संगीतलाई टेवा दिने कोसिस गर्छु ‘गायक राई टिम राजु (राजु लामा) बाट विजेता बनेका हुन् ।
टिम राजुलाई विश्वास गरेर आफूलाई भोट गर्ने खोता एवं दर्शकलाई समेत उनले धन्यवाद दिएका छन्। आफूमा अब ठूलो जिम्मेवारी थपिएको बताउँदै उनले त्यसलाई निभाउने कोसिस रहने बताएका छन्। चाँडै नै राम्रो गीतमार्फत स्रोता दर्शकसामु आउने तयारी गरिरहेको विजेता राईले बताए। विजेता बनेका राईले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।
‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनमा राजु लामासहित प्रमोद खरेल, राजेशपायल राई, प्रविशा अधिकारी निर्णायक थिए । टिम राजेशबाट सविना पोहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् ।
प्रतिकृया दिनुहोस्