बुधबार , जेठ १७, २०८०

म यो देशको ढुकुटीको पाले हु, कसैलाइ एक रुपैया चोर्न र खान दिन्न: रबि लामिछाने

पुष ११, २०७९ सोमबार 697

म यो देशको ढुकुटीको पाले हु, कसैलाइ एक रुपैया चोर्न र खान दिन्न: रबि लामिछाने

म यो देशको ढुकुटीको पाले हुम कसैलाइ एक रुपैया चोर्न र खान दिन्न: रबि लामिछाने (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

काठमाडौं । म यो देशको ढुकुटी को पाले हु कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन् । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् पूरा हेर्न सुन्न भिडियो हेर्नुहोला । (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

सरकारमा जाने मन्त्रालयको विषयमा रास्वपा थप छलफलमा

बालकोट बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार सरकारलाई समर्थन गर्ने निर्णय भएको छ ।

उनका अनुसार पार्टी सरकारमा जाने मोटामोटी सहमती भएको छ । उनले भने, ‘सरकारमा जाने मोटामोटी सहमती भएको छ । तर, अब मन्त्रालयको विषयमा भने टुंगो लगाउन बाँकी छ ।’

मन्त्रालयको विषयमा भोलिसम्म टुंगो लगाउने उनले बताए । उनले भने, ‘सरकारलाई समर्थन गर्ने र सरकारमा जाने विषय आज टुंगियो । मन्त्रालयको विषय पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लाग्छ ।’

रास्वपा संसदीय दलको विधान बनाउने जिम्मा महामन्त्री ढकाललाई

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान बनाउने जिम्मेवारी महामन्त्री एवम प्रवक्ता मुकुल ढकाललाई दिएको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

दलको विधान बनेपछि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने भएका हुन । दलको नेतामा भने पार्टी सभापति रवि लामिछाने चयन भइसकेका छन्।

उपत्यकामा बढाइयो ट्राफिक जरिवाना : १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने – यी कसुरमा यसअघि ट्राफिकले एक हजार जरिवाना लिने गथ्र्यो

ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ । ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको हो ।

सवारी चलाउँदा कागजपत्र साथमा नबोके (सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी दर्ता किताब) लगायतका कसुरमा १५ सय तिराउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ट्राफिक नियम पालना बढ्ने र यसबाट दुर्घटना घट्ने अपेक्षाले अधिकतम जरिवाना लिन थालिएको उनको भनाइ छ ।

त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको प्रहरी बताउँछ ।

रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा र लापरबाहीका साथ सवारी चलाउँदा पनि अधिकतम जरिवाना हुन थालेको छ ।

सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाउँदा र निषेधित क्षेत्रमा हर्न बजाउँदा पनि १५ सय जरिवाना हुने एसएसपी भट्टले बताए ।

यसअघि यस्ता कसुरमा ट्राफिकले हजार रुपैयाँ जरिवाना गर्दै आएको थियो । सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । जसमा ट्राफिकले अधिकतम जरिवाना गराउने निर्णय गरेको छ ।

लामो समयदेखि नेपालमा ट्राफिक जरिवाना नबढेकाले यसलाई बढाएर ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । एक हजार पाँच सयभन्दा धेरै जरिवाना भने यातायात व्यवस्था विभागमा मात्र हुने गरेको छ ।

‘०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएको रहेछ,’ एसएसपी भट्टले भने, ‘त्यसलाई अहिले कार्यान्वयन थालिएको हो ।’

जरिवाना बढाइएकोमा यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । तर, ट्राफिक प्रहरी अधिकारी भने जरिवाना न्यून हुँदा नियम उल्लंघन बढेको बताउँछन् । अन्य देशको तुलनामा नेपालमा ट्राफिक जरिवाना ज्यादै न्यून भएको उनीहरूको भनाइ छ । ट्राफिक नियम पालनामा कडाइ गराउन प्रहरीले एउटै कसुरमा पाँचपटकसम्म कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बन गराउनसमेत थालेको छ ।

जरिवाना बढाइएका कसुर

१. रेड लाइटमा सवारी नरोक्दा । २. निषेधित ठाउँमा पार्किङ गर्दा । ३. गलत ठाउँबाट सवारी मोडेमा । ४. सडकको गलत साइडबाट चलाएमा । ५. एकतर्फी सडकमा चलाएमा । ६. अवस्था ठीक नभएको सवारी चलाउँदा । ७. रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा । ८. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा । ९. नम्बर प्लेट नराखी चलाएमा ।

१०. गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाई चलाएमा । ११. सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा । १२. लापरबाहीका साथ सवारी चलाउँदा । १३. सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा । १४. सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा । १५. ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा । १६. निषेधित क्षेत्रमा हर्न बजाएमा ।

ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढाउन खोजेका हौँ – राजेन्द्रप्रसाद भट्ट, एसएसपी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएको रहेछ । त्यसैलाई अहिले कार्यान्वयन थालिएको हो । यसले ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढ्ने हाम्रो विश्वास छ ।

प्रतिकृया दिनुहोस्