शनिबार , चैत्र ११, २०७९

सचिन परियारको पछिल्लो स्वास्थ्य अवस्थामा केहि सुधार, ठुलोबाबा म सन्चै छु भन्दा कृष्ण कंडेल खुसिले गदगद (भिडियो)

पुष १०, २०७९ आइतबार 547

काठमाडौं युट्युवबाट भाइरल भएका बालक सचिन परियार गम्भीर बिरामी भएका छन्। अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको आइसीयूमा राखेर भइरहेको छ चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अहिले उनलाई सास फेर्न कठिनाइ भइरहेका छ भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन्

सचिनलाई भेट्न अहिले कृष्ण कंडेल पुगेका छन्। अहिले भने उनको स्वास्थ्यमा केहि सुधार भएको जस्तो देखिन्छ । उनलाई पहिले पनि पिशाब चुहिने समस्या थियो अहिले पनि उनको पिशाच नियन्त्रण हुन नसक्नेको चिकित्सकले बताएका छन्। उनी पहिलेदेखि अत्यधिक पानी पिउने गर्ने शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे

उमेरले १२ वर्ष पुगिसके पनि उनी ५-६ वर्षका जस्तै देखिन्छन् तर बोलीचालीमा भने चतुर छन्। उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्शकले मन पराए भाइरल भएको बेला धेरै युट्युवरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ ।

सचिन अस्पतालमा छट्पटाइरहँदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् । छोरा बिरामी भएको खबर स्कुलबाट पाएपछि पोखरामा रहेकी आमा काठमाडों आएकी छन् उनले छोराको उपचारका लागि आफुसंग आर्थिक अभाव रहेको बताइन् यससँगै सचिनको नाममा पैसा उठाउने पुट्यूवरहरुबीच प्रतिस्पर्धा सुरु भएको छ

प्रतिकृया दिनुहोस्