भाईरल सचिन परियारको भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।
दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन ।
कतिपय दम्पतीले भरपुर यौन सुख प्राप्त गर्न सक्दैनन् । यस्तो स्थितिमा दम्पतीबीच आशंका, वैमनश्यता बढ्न सक्छ । अन्ततः यसै कारण उनीहरुमा कलह निम्तिन सक्छ । जबकि कतिपय महिलालाई यौन सम्बन्ध निकै पीडादायी हुने गर्छ । खासगरी प्रजनन् स्वास्थ्यमा हुने विभिन्न समस्याले गर्दा उनीहरु यौनमा उदासीन हुन सक्छन् ।
जब पाठेघरको समस्या हुन्छ
प्रजनन् स्वास्थ्यमा कुनै समस्या भएका महिलालाई यौन सम्बन्धको क्रममा धेरै पीडा हुन सक्छ । विशेषगरी पाठेघरमा कुनै संक्रमण भएको छ वा पाठेघर सुन्निएको छ भने यौन सम्बन्धको क्रममा पीडा हुन्छ ।
पाठेघरमा ‘शिष्ट’हरू अर्थात् पानी र रगतको फोका पलाउने समस्या धेरै महिलामा हुन्छ । यस्तो भएमा पाठेघर सुन्निन सक्छ । यसैगरी पाठेघरको संक्रमण वा मासु पलाएको स्थिति हुन सक्छ ।
महिलाहरुमा बढीजसो देखिने समस्या यौनाङ्गको संक्रमण हो । यस्तो भएमा सेतो पानी बग्ने हुन्छ । कहिलेकाहीं रगत पनि आउन सक्छ । यी स्थितिमा यौन सम्बन्ध बनाउँदा महिलाहरुलाई पीडा हुन्छ ।
पीडादायक स्थितिमा पनि सम्बन्ध बनाइराख्दा पीडा धेरै बढेर ‘ट्रमा’ नै हुने हुन्छ । यस्तो अवस्थामा धेरै सेतो पानी बग्ने समस्या हुन सक्छ । कालान्तरमा बच्चा बस्न नै गाह्रो हुने पनि हुन्छ ।
कुनै समय भाइरल बाल-गायक भनेर चिनिएका सचिन परियार अहिले हस्पिटलमा यो अवस्थामा छन ।
प्रतिकृया दिनुहोस्