आइतबार , जेठ १४, २०८०

गरिब आमा बुबा खुसी ले गदगद .. दुई छोरी संगै बन्न सफल भए शाखा अधिकृत !

पुष ५, २०७९ मंगलबार 374

काठमाडौँ,

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका दुई दिदीबहिनीले शाखा अधिकृतमा नाम निकालेका छन्। २७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएपछि अहिले चर्चामा छन्।

अधिकृतमा नाम निस्किएको तीनचार दिन भइसक्दा पनि भट्ट दिदीबहिनीलाई अझै बधाई थाप्न भ्याइनभ्याइ छ। सामाजिक सञ्जाल, टेलिफोन तथा भेटेर उनीहरुलाई शुभचिन्तक, इष्टमित्रहरुले बधाई दिइरहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिदीबहिनीले शाखा अधिकृतको नियुक्ति पत्र र पदस्थापनाको पत्र बुझेका छन्। लामो मेहनतपछि पहिलो प्रयासमै दिदीबहिनी सँगै अधिकृत बन्न पाउँदा निकै खुसी छन्।

शाखा अधिकृतको नियुक्ति बुझेका पार्वती र बसन्ती अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै हाजिर भएका छन्।

उनीहरुको पारिवारिक अवस्था सामान्य छ। पार्वती र बसन्तीका दुई दाजु र दुई दिदी छन्। उनका जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट ‘डिभी लटरी’ परेर अमेरिकामा छन्।

जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षक छिन्। उनी अहिले महेन्द्रनगर उच्च माध्यमिक विद्यालय साधारण मा कार्यरत छिन्।

माइली दिदी विष्ना स्नातकोत्तर सकेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छिन्। पार्वती साँहिली हुन् भने बसन्ती कान्छी।

खरिदारदेखि अधिकृत पार्वती र बसन्तीले खरिदार सरह पदमा नाम निकालेर निजामती सेवामा पाइला टेकेका थिए। वि।सं। २०५१ सालमा जन्मिएकी पार्वती १९ वर्षको उमेरमा नै सरकारी सेवामा प्रवेश गरेकी थिइन्।

स्नातक अध्ययन गर्दै गर्दा उनले वि.सं. २०७२ सालमा विविध सेवा अन्तर्गत खरिदार सरह सहायक महिला विकास निरीक्षकमा नाम निकालिन्।

प्रतिकृया दिनुहोस्