सोमबार , माघ २३, २०७९

केकीको जन्मदिनमा पति रोहितले शुभकामना दिँदै भने ‘तिमी हजारौँ नेपालीको प्रेरणाको स्रोत हौ प्रिय’

पुष ३, २०७९ आइतबार 217

काठमाडौँ । नायिका केकी अधिकारी आजबाट ३३ वर्षमा लागेकी छिन । काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा जन्मेकी केकी सँधै शालिन, शान्त र फुर्तिलो स्वभावकी कलाकारका रुपमा परिचित छिन ।

पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट जन्म लिएकी केकीलाई बिहानैदेसखि उनका आफन्त, शुभचिन्तक, फ्यानहरुले शुभकामना दिइरहेका बेला उनका पति तथा ब्यबसायी रोहित तिवारीले पहिलो शुभकामना दिँदै उनको तारिफ गरेका छन् ।

आजबाट ३२ पूरा भएर ३३ वर्षमा लागेकी केकीलाई उनका पति तथा हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत रोहितले तिमी मेरालागि मात्रै प्रेरणाको स्रोत नभई हजारौँ नेपालीहरुको ढुकढुकी हौ भनेर केकीलाई सम्मानसहितको शुभकामना ब्यक्त गरेका छन ।

त्यस्तै जन्मदिनको अवसरमा नायिका केकीलाई गायक तथा संगीतकार चेतन सापकोटाले केकीका ४ वटा तस्विरहरु पोस्ट गर्दै ह्याप्पी बर्थडे सानी भनेर शुभकामना दिएका छन् ।

केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी गर्दै आएकी थिइन ।

केकीले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । केकीले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस, छक्का पन्जा ३ मा बलियो अभिनयले सबैको मन लोभ्याएकी छिन ।

केकी अधिकारीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी छन् । केकीले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्